काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ४२ सयले घटेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको २७० रुपैयाँले घटेर ४७१० मा कारोबार भइरहेको छ ।

Leave a comment