काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।
चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
वित्तीय विवरणमा उल्लेख भएअनुसार जेनजी आन्दोलनका कारण भएको क्षतिबाट दाबी भुक्तानी उल्लेखनीय रूपमा बढेपछि कम्पनीको नाफामा दबाब परेको हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ५.७१ प्रतिशतले बढेको छ। तर, खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढ्दा कुल खर्चसमेत ६२.१५ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६४ पैसा कायम रहेको छ।
हाल २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १६ करोड ११ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको छ।

Leave a comment