काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको १८ करोड ८८ लाख रुपैयाँको तुलनामा २७.२४ प्रतिशतले कम हो।
कम्पनीको सञ्चालन आम्दानीमा आएको सामान्य गिरावटले नाफामा असर पारेको हो। समीक्षा अवधिमा सञ्चालन आम्दानी १.१० प्रतिशतले घटेको छ भने कुल नाफा ८.८२ प्रतिशतले कमी आएको छ। त्यसैगरी, सञ्चालन मुनाफा २७.६१ प्रतिशतले घट्दा वित्तीय खर्च पनि ३२.४२ प्रतिशतले घटेको छ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ओरालो लागेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसाले घटेर १४ रुपैयाँ ४७ पैसामा सीमित भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने ४९० रुपैयाँ ५४ पैसा रहेको छ।
१ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ७ अर्ब ४२ करोड २ लाख रुपैयाँ छ।

Leave a comment