बैंकको खबर । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार बैंकहरुको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ।
माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ।
फागुन महिनामा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। तीमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ०.७५ प्रतिशत बिन्दुले दर घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको उक्त बैंकको दर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ। बाँकी ११ बैंकहरूले भने माघकै दरलाई निरन्तरता दिएका छन्।
फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर नेपाल बैंकले तोकेको छ। बैंकले अधिकतम ५.१ प्रतिशत ब्याज दिने जनाएको छ। सबैभन्दा कम दर भने स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको रहेका ेछ। यी बैंकहरूले अधिकतम ४.२५ प्रतिशतका दरले दिने भएका छन्।
संस्थापक मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ४ प्रतिशत रहेको छ। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले सो दरमा ब्याज दिनेछन्।

Leave a comment