काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरलाई लक्षित गर्दै ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ । यस्तै, गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको हो । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।
गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्तै उपलब्ध हुने कम्पनीले जनाएको छ । यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २५०,००० रुपैयाँ र अधिकतम बीमांक रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने कम्पनीले जनाएको छ ।

Leave a comment