काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले घटेर ३ लाख ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ५ रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ ।

Leave a comment