Home अन्तर्राष्ट्रिय अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी
अन्तर्राष्ट्रियप्रमुख खबर

अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी

Share
Share

काठमाडौं । अमेरिका र इरान बीचको तनाव थप चर्किँदै गएको छ । प्रारम्भमा अमेरिकाले पश्चिम एसियामा दुई युद्धपोत तैनाथ गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको आशंका बढेको थियो ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकाले ५० भन्दा बढी लडाकु विमान पनि पश्चिम एसियातर्फ पठाएको जनाइएको छ । यसलाई इरान वरिपरि नौसैनिक र वायुसेनाको उपस्थिति बढाएर दबाब सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ । गत साता अमेरिकाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत युएसएस गेराल्ड आर फोर्डलाई पश्चिम एसियामा पठाएको थियो भने युएसएस अब्राहम लिंकन पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छ ।

यता इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई ले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन् -अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको भनिरहेको छ । युद्धपोत खतरनाक हुन सक्छ, तर त्यसलाई समुद्रको गहिराइमा डुबाउन सक्ने हतियार अझ खतरनाक हुन्छ ।

यसैबीच जेनेभामा जारी अमेरिका-इरान वार्तामा केही प्रगति भएको बताइएको छ, तर अझै धेरै विषयमा विस्तृत छलफल हुन बाँकी छ ।

खामेनेईले इरानको आणविक कार्यक्रमबारे पनि धारणा सार्वजनिक गर्दै आणविक ऊर्जा प्रयोग गर्ने अधिकार प्रत्येक देशको स्वाभाविक अधिकार भएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय दिशानिर्देशमा समेत यस अधिकारको व्यवस्था रहेको भन्दै अमेरिकाले हस्तक्षेप गर्नु उपयुक्त नभएको बताएका छन् ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies