Home अन्तर्राष्ट्रिय ताकाइची पुनः जापानको प्रधानमन्त्री निर्वाचित
अन्तर्राष्ट्रियप्रमुख खबर

ताकाइची पुनः जापानको प्रधानमन्त्री निर्वाचित

Share
Share

काठमाडौं । ताकाइची सानाए औपचारिक रूपमा पुनः जापानको प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले आकस्मिक आमनिर्वाचनमा दोस्रो विश्वयुद्धपछिकै ऐतिहासिक बहुमत हासिल गरेपछि संसदका दुवै सदनबाट उनलाई बहुमत हासिल गरेको थियो । यससँगै उनी जापानकी १०५औँ प्रधानमन्त्री बनेकी छन् र पहिलो महिला सरकार प्रमुखका रूपमा आफ्नो कार्यकाल निरन्तरता दिएकी छन् ।

नयाँ सरकार गठनअघि संवैधानिक प्रावधानअनुसार मंगलबार बिहान मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको थियो । पुनर्निर्वाचनपछि ताकाइचीले अधिकांश वर्तमान मन्त्रीहरूलाई पुनः नियुक्त गर्ने अपेक्षा गरिएको छ । नयाँ मन्त्रिपरिषद्को सूची बुधबारै सार्वजनिक गरिने जनाइएको छ ।

फेब्रुअरी ८ मा सम्पन्न आमनिर्वाचनमा तल्लो सदनमा अभूतपूर्व दुई तिहाइभन्दा बढी सिट जित्दै सत्तारूढ दलले स्पष्ट जनादेश प्राप्त गरेको थियो । यस परिणामले ताकाइचीको राजनीतिक हैसियत थप सुदृढ बनाएको छ ।

६४ वर्षीया ताकाइचीले गत अक्टोबरमा दलको नेतृत्व जित्दै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेकी थिइन् । पदभार सम्हालेको चार महिनाभित्रै उनले आकस्मिक निर्वाचन घोषणा गरेकी थिइन्, जसले उनको दललाई ऐतिहासिक सफलता दिलायो ।

पुनर्निर्वाचनसँगै सरकारलाई बलियो संसदीय बहुमत प्राप्त भएको छ, जसले आगामी नीतिगत कार्यसूची कार्यान्वयनमा निरन्तरता र स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies