Home अन्तर्राष्ट्रिय इरानको निशानामा अमेरिकी एफ–३५, सुरक्षित रहेको अमेरिकाको दाबी
अन्तर्राष्ट्रियप्रमुख खबर

इरानको निशानामा अमेरिकी एफ–३५, सुरक्षित रहेको अमेरिकाको दाबी

Share
Share

काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले इरानको आकाशमा अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । इरानले सो विमान दुर्घटनामा परेको सम्भावना उच्च रहेको जनाएको छ ।

यता अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणपछि एउटा एफ(३५ विमानले आकस्मिक अवतरण गर्नुपरेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान इरानमाथि एक अभियानमा रहेको पुष्टि गर्दै सुरक्षित अवतरण भएको र चालकको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

एफ-३५ विश्वकै महँगा लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । इरानको दाबी पूर्ण रूपमा सही ठहरिएमा यो द्वन्द्वको ठूलो सैन्य उपलब्धि हुने मानिएको छ । इरानले यसअघि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको पनि दाबी गरेको छ ।

यसैबीच युद्धका क्रममा अमेरिकी सेनाले अन्य क्षति पनि व्यहोरेको बताइएको छ । रिपोर्टअनुसार कुवेतको हवाई रक्षा प्रणालीले गल्तीवश अमेरिकाका तीन एफ-१५ इगल विमान खसालेको जनाइएको छ । ती विमानमा रहेका सबै छ चालक सदस्य भने सुरक्षित रहेको बताइएको छ ।

त्यसैगरी गत साता इराकमा अमेरिकाको केसी-१३५ स्ट्र्याटोट्यांकर विमान दुर्घटनामा परेको थियो, जसमा सवार सबै छ जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ ।

यी घटनाबीच पनि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका निर्णायक रूपमा अघि बढिरहेको दाबी गरेका छन् । उनले इरानको हवाई रक्षा प्रणाली लगभग ध्वस्त भइसकेको बताएका छन् । यसै क्रममा अमेरिकाले क्षेत्रमा आफ्नो उपस्थिती बलियो बनाउन ओकिनावाबाट मरीन बल र त्रिपोली समूह तैनाथ गर्ने निर्णय गरेको जनाइएको छ । अमेरिकी युद्धपोत युएसएस त्रिपोली हालै सिंगापुर नजिक देखिएको पनि रिपोर्टमा उल्लेख छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एआई चिपको उच्च मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ, १९ गुणा वृद्धि

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र...

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, यथाशीघ्र ऋण चुक्ता नगरे कडा कारबाही हुने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी...

देशभर धान रोपाइँ गत वर्षको तुलनामा करिब १३ प्रतिशतले घट्यो

काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा...

महोत्तरीका उखु किसानले पाए करिब पौने २ अर्ब भुक्तानी, अनुदानका लागि २० करोड सिफारिस

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रकम...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies