काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।
रास्वपाले बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीभित्रको छलफलपछि उनलाई शक्तिशाली मानिने गृहमन्त्रालय सम्हाल्ने जिम्मेवारी सुम्पिने तयारी गरिएको छ।
यसअघि रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्। नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाह प्रधानमन्त्री बनेका हुन्।
शाह नेतृत्वको मन्त्रिपरिषद्मा गुरुङलाई प्रमुख सुरक्षा निकायसँग सम्बन्धित गृहमन्त्रालय दिने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a comment