काठमाडौं । नवगठित सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतम लाई दिइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दै मन्त्रीहरूको नाम टुंगो लगाएका हुन्। सोही अनुसार गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो।
सरकार गठनसँगै अन्य मन्त्रालयहरूको जिम्मेवारी पनि बाँडफाँट गरिएको छ । गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल लाई जिम्मेवारी दिइने निश्चित भएको छ ।
नयाँ मन्त्रिपरिषद्लाई सानो, चुस्त र प्रभावकारी बनाउने तयारीका साथ प्रधानमन्त्री शाहले मन्त्रालय बाँडफाँट टुंग्याएका हुन् ।

Leave a comment