काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा अमरेश कुमार सिंह मन्त्री बन्ने भएका छन्। उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले जनाएको छ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा सिंहले गगन कुमार थापा लाई सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित गरेका थिए।
यसअघि २०७० र २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका सिंह २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै पुनः प्रतिनिधिसभामा पुगेका थिए।

Leave a comment