काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाल लाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहित शीर्ष नेताहरूबीचको छलफलले खनालको नाम टुंगो लगाएको हो। खनाल हाल पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी शिक्षामन्त्रीसमेत बनेका थिए। पछिल्लो निर्वाचनमा खनाल काठमाडौं-६ बाट निर्वाचित भएका हुन्।

Leave a comment