काठमाडौं । यस आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आठ महिनामा कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशत घेरै हो । अमेरिकी डलरमा १० अर्ब १५ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।
गत फागुन महिनामा मात्रै एक खर्ब १८८ अर्ब ६४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गतवर्ष फागुनमा एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ भित्रिएको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ थियो ।

Leave a comment