काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहदै २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सुन तोलाको २ लाख ९४ हजारमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ५० रुपैयाँले बढेर ४८३० मा कारोबार भइरहेको छ ।

Leave a comment