काठमाडौँ । नेपालको सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभाको आजको बैठकबाट १०औं सभामुख निर्वाचित भएका हुन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।
सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । त्यसैले प्रतिनिधिसभाको अध्यक्षता जरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

Leave a comment