Home पुँजी बजार यसकारण सेयर लगानीकर्ताका लागि यो साता बढी महत्वपूर्ण छ
पुँजी बजारबैंक वित्तविचार

यसकारण सेयर लगानीकर्ताका लागि यो साता बढी महत्वपूर्ण छ

Share
Share

२०८२ जेठ १० गते शनिबार ।

सेयर खबर । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले गतसाता सेयरबजारमा राम्रै प्रभाव प¥यो । एक सातामा नेप्से परिसूचक ७७ अंकले बढ्यो । गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुने हल्ला भएपछि मंगलबार नेप्से ४९ अंकले बढ्यो । मंगलबार साँझ पौडेल गभर्नर नियुक्त भए । त्यसको भोलीपल्ट बुधबार बजारमा एक सय तीन अंकको उतारचढाव देखियो तर कारोबार बन्द हुँदा नेप्से परिसूचक करिब आठ अंक घट्यो । बिहीबार फेरि १९ अंकको सुधार देखियो । 

समग्रमा गभर्नर नियुक्तिको विषयले साताको सेयरबजार प्रभावित भयो । अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक रहेको बताउँदै आउने व्यक्ति गभर्नर बनेकाले सेयरबजारमा पनि उनले राम्रै नीति लिने अपेक्षा लगानीकर्ताको छ । त्यसैले बजार विस्तारै बढ्न सक्ने संकेत गरेको छ । तर अल्पकालीन लगानीकर्ताले बजार बढेको बेला नाफा बुक गर्ने हुँदा बिक्री चाप बढ्न गई दबाब भने पर्न सक्छ । 

यस साता पनि सेयरबजारका लागि महत्वपूर्ण मानिएको छ । किनभने यसै साताको अन्तिम कारोबार दिन सरकारले बजेट ल्याउनेछ । गभर्नर नियुक्तिपछि बजारले कस्तो गति लिन्छ भन्ने आकलन गर्न पनि साताभरको कारोबार महत्वपूर्ण हुन सक्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुभन्दा अििघ गभर्नर पौडेलले यस आर्थिक वर्षकोे मौद्रिक नीतिको तेस्रोे त्रैमासिक समीक्षा गर्नेछन् । जसमा केही नीतिगत परिवर्तन गर्नसक्ने अनुमान पनि सेयर लगानीकर्ताको छ । यसले पनि बजारमा प्रभाव पार्न सक्छ । 

यस्तो रह्यो गतसाताको बजार
गतसाता सेयरबजार समग्रमा दुई दशमलव ९४ प्रतिशत बढेर दुई हजार छ सय ८८ विन्दुमा पुगेको छ । एक सातामा ४३ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  

बुधबार साताकै सबैभन्दा धेरै १० अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार साताकै कम सात अर्ब ३१ करोडको सेयर कारोबार भएको छ । औसत दैनिक कारोबार आठ अर्ब ७४ करोड रुपैयाँको भएको छ । 

गतसाता वाणिज्य बैंकहरुको सेयरमूल्यमा सबैभन्दा धेरै वृद्धि देखियो । बैंकिङ समूह सबैभन्दा धेरै सात दशमलव १८ प्रतिशत बढेको छ । 
ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै ६१ प्रतिशत बढेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै १२ दशमलव ५३ प्रतिशत घटेको छ । सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको दुई अर्ब ८१ करोड रुपैयाँको भएको छ । त्यसपछि ङादी ग्रुप पावरको दुई अर्ब ३० करोडको कारोबार भएको छ । 

एक सातामा लगानीकर्ताको सम्पत्ति एक खर्ब २९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फकोे बजार पुँजीकरण पनि ५६ अर्ब रुपैयाँ बढेर १५ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies