Home बैंक वित्त गभर्नर पौडेलले गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
बैंक वित्त

गभर्नर पौडेलले गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर

Share
Share

२०८२ जेठ ९ गते शुक्रबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको विभागीय जिम्मेवारीमा सामान्य हेरफेर गरेका छन् ।

गभर्नर पौडेलले डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना मिम्सिना र बमबहादुर मिश्रलाई करिब आधा–आधा विभागको जिम्मेवारी दिएका छन् ।

डा. ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन, विदेशी विनिमय व्यवस्थापन, लघुवित्त सुपरिवेक्षण, गैर बैंकिङ सुपरिवेक्षण, प्रदेश कार्यालय, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पत्ति तथा सेवा व्यवस्थापन, तथा सूचना प्रविधि विभागको जिम्मेवारी पाएकी छिन् ।

मिश्रले आर्थिक अनुसन्धान, मौद्रिक व्यवस्थापन, बैंक सुपरिवेक्षण, वित्तीय संस्था सुपरिवेक्षण, बैंकिङ विभाग, भुक्तानी प्रणाली, मानव संशाधन तथा वित्त व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् ।

आफू कायममुकायम गभर्नरको जिम्मेवारीमा हुँदा निलमले आफू अनुकुल विभाग राखेर बाँकी सबै मिश्रको भागमा राखिदिएकी थिइन । 

सचिवालयमा पनि हेरफेर
गभर्नर पौडेलले डेपुी गभर्नरहरुको जिम्मेवारीमा फेरबदल गरेलगत्तै आफ्नो सचिवालयमा दुई जनालाई ल्याएका छन् । गैरबैंक वित्तीय संस्था विभागमा कार्यरत शरणकुमार अधिकारी र अर्का एक जना सहायक निर्देशक दिपेश प्रधानलाई पनि गभर्नर कार्यालयमा तानेका छन् ।  

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies