Home अन्तर्राष्ट्रिय हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई प्रवेशमा प्रतिबन्ध, ६८०० विद्यार्थी अलपत्र
अन्तर्राष्ट्रियबैंक वित्त

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई प्रवेशमा प्रतिबन्ध, ६८०० विद्यार्थी अलपत्र

Share
Share

२०८२ जेठ ९ गते शुक्रबार ।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न रोक लगाएको छ । 

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बिहीबार राति अबेर गृह सुरक्षा विभाग लाई हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल लागू हुने गरी रद्द गर्न आदेश दिएकी छिन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने योग्यता पुनः प्राप्त गर्न, हार्वर्डले ७२ घण्टा भित्र अवस्थित अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बारेमा जानकारी प्रदान गर्नुपर्छ। 

हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीहरूलाई अन्य संस्थाहरूमा स्थानान्तरण गर्न आदेश दिइएको छ। अन्य संस्थाहरुमा नपठाइए, उनीहरूले देश छोड्नु पर्ने हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर झगडा भइरहेको थियो। गृह सुरक्षा विभागले यदि हार्वर्डले अप्रिल ३० सम्म विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध नगराएमा विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणपत्र रद्द गर्ने बताएको थियो । त्यसपछि विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन।

हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत अमेरिका भन्दा बाहिरका विद्यार्थीहरू छन्। हाल त्यहाँ लगभग ६,८०० विदेशी विद्यार्थीहरू अध्ययनरत छन्। 

ट्रम्प प्रशासनले हार्वर्डलाई आफ्नो क्याम्पसमा हिंसालाई बढावा दिएको, यहूदी विरोधी भावना जगाएको र चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गरेको आरोप लगाउँदै आएको छ । 

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डलाई पठाएको दुई पृष्ठको पत्र 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies