Home पुँजी बजार सेयरबजार आइतबार पनि घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार आइतबार पनि घट्यो

Share
Share

२०८२ वैशाख २१ गते आइतबार । 

बैंकको खबर । सेयरबजार आज पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ । नौ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४६ कम्पनीमध्ये १२८ वटाको सेयरमूल्य घटेको छ । यस्तै ११८ वटाको सेयरमूल्य बढेको छ । 

सूचीकृत १३ वटा समूहमध्ये पाँच वटा समूह बढेका छन् । बाँकी आठ वटा समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह १.३० प्रतिशत घटेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मासिटिकल्सको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सानिमा माई हाइड्रोपावरको सेयरकारोबार सबैभन्दा धेरै ६० करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमा चार अर्ब रुपैयाँ घटेर ४३ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण भने तीन करोड रुपैयाँ घटेर १४ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies