Home पुँजी बजार यस्तो छ सेयरबजार घट्नुको कारण
पुँजी बजारबैंक वित्त

यस्तो छ सेयरबजार घट्नुको कारण

Share
Share

२०८२ वैशाख १६ गते मंगलबार । 

बैंकको खबर । सेयर बजारमा आज (मंगलबार) पनि गिरावट देखियो । कारोबार मापक नेप्से परिसूचक १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा झरेको छ । ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४५ कम्पनीमध्ये १८८ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ५७ वटाको सेयरमूल्य भने बढेको छ ।

आजपनि २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको हो । यस्तै, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । 

सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.२२ प्रतिशत घटेको छ । 

नेप्सेले सातआठ महिनादेखि साइडवेज प्रवृति देखाइरहेको छ । नेप्से २६०० र २८००को बीचमा तलमाथि गरिरहेको छ । लामो समय साइडवेज ट्रेन्डमा बसेकाले बजार बढ्न वा घट्न कुनै बलियो आधार खोजिरहेको छ । लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिन्छ । अहिले बजार घटेपनि साइडवेज ट्रेन्डलाई तलपट्टि ब्रेक गर्न सकेको भने छैन । 

अर्थतन्त्रका सबै सूचकहरु ठिकठाक छन् । ब्याजदर पनि न्यून छ । बैंकमा तरलता प्रसस्त छ । सेयर धितोमा जाने कर्जा पनि बढेको देखिन्छ । तर पनि बजारले गति लिन नसक्नुलाई लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाएको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । किनभने लगानीकर्ताले अहिले केन्द्रीय बैंकको गभर्नर नियुक्तिको विषयलाई चासोका साथ हेरेका छन् । कस्तो व्यक्ति गभर्नर बन्छ र उसले कस्तो नीति लिन सक्छ भन्ने निक्र्योल हुन नसक्दा लगानीकर्ता अन्योलमा देखिएका छन् । त्यसैले बजार सुस्त छ । 

मंगलबार गानीकर्ताको सम्पत्ति २५ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि ६ अर्ब रुपैयाँ घटेर १४ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies