Home बैंक वित्त गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकियो, नयाँ गभर्नर नियुक्त नहुँदा राष्ट्र बैंक नेतृत्व विहिन
बैंक वित्त

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकियो, नयाँ गभर्नर नियुक्त नहुँदा राष्ट्र बैंक नेतृत्व विहिन

Share
Share

२०८१ चैत २४ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंक नेतृत्व विहिन भएको छ । गभर्नर महाप्रसाद अधिकारी आज (चैत २४ गते आइतबार)बाट कार्यकाल पुरा गरी अवकास पाएपछि राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको हो । 

चैत २३ र २४ गते दुई दिन बिदा परेकाले गभर्नर अधिकारी चैत २२ गते शुक्रबार नै बिदा भएर निष्किएका थिए । अधिकारी २०७६ सालको चैत २४ गतेदेखि गभर्नरको भूमिकामा नियुक्त भएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाभन्दा पहिले नै गभर्नर नियुक्त गर्नुपर्छ । तर सरकारले नयाँ गभर्नर ल्याउन सकेको छैन । 

गभर्नर पद रिक्त रहेको अवस्थामा वरिष्ठ डेपुटी गभर्नर कार्यबाहक गभर्नर बन्ने कानुनी व्यवस्था छ । तर आज (आइतबार) सार्वजनिक विदा परेकाले सरकारले त्यसको पनि निर्णय गरिसकेको छैन ।

सरकारले गभर्नर चयनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति बनाइसकेको छ । समितिले अहिलेसम्म गभर्नरका लागि कुनैपनि नाम सिफारिस गरेको छैन । समितिले तीन जनाको नाम सिफारिस गर्न पाउँछ । समितिले सिफारिस गरेको नामबाट मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्नेछ । सम्भवतः यसै साता सरकारले नयाँ गभर्नर नियुक्त गर्नेछ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies