Home पुँजी बजार २७ सय हाराहारी रहेको सेयरबजार अब के होला ?
पुँजी बजारबैंक वित्त

२७ सय हाराहारी रहेको सेयरबजार अब के होला ?

Share
Share

२०८१ चैत २३ गते आइतबार । 

सेयर खबर । गत साता सेयरबजार ४० अंकले बढ्यो । कारोबार भएको चार दिनमध्ये तीन दिन बढेको बजार एक दिन मात्रै घट्यो । नेप्से परिसूचक दूई हजार सात सय तीन विन्दुमा कायम भएको छ । सातामा २६ अर्ब ६४ करोडको सेयर किनबेच भयो । औसत दैनिक कारोबार छ अर्ब ६६ कराड रुपैयाँ भएको छ ।

गत साताको बजारको प्रवृति हेरेर लगानीकर्ताले आगामी दिनमा बजार बढ्न सक्ने आकलन गरिरहेका छन् । त्यसलाई अहिलेको आर्थिक सूचकहरुले पनि सपोर्ट गरिरहेको देखिन्छ । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेको, ब्याजदर न्यून विन्दुमा कायम रहेको, बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण नियामक निकायबाट नीतिगत सहजता हुनेबित्तिकै बजार माथि जानसक्ने अपेक्षा लगानीकर्ताको छ । त्यसका लागि केन्द्रीय बैंकको अब आउने गभर्नरमा भर पर्ने लगानीकर्ताको बुझाइ छ ।

खासगरी लगानीकताले सेयर धितोमा दिइने कर्जा सहज बनाउनुपर्ने माग राख्दै आएका छन् । सेयर धितो कर्जाको जाखिमभार घटाउँदा बजारमा लगानी बढ्ने र सेयरको माग बढ्न गइ मल्य वृद्धि हुने अपेक्षा लगानीकताको छ । त्यसका लागि आगामी गर्भनर को बन्छ र उसले कस्तो नीति अवलम्बन गर्छ भन्ने कुरामा भर पर्ने लगानीकर्ताको बझाइ छ । त्यसैले अहिले लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन् । त्यसले बजार समान्य बढ्दै गएपनि समग्रमा साइडवेज प्रवृत्तिमा देखिन्छ ।

गत साता १३ वटा समूहमध्ये १० समूह बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ११ दशमलव ४३ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै दई दशमलव ४० प्रतिशत घटेको छ । राधी विद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक १३ दशमलव ७३ प्रतिशत बढ्यो । सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० दशमलव ३४ प्रतिशत घटेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies