Home अर्थतन्त्र बैंकहरुको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढ्यो
अर्थतन्त्रबैंक वित्त

बैंकहरुको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढ्यो

Share
Share

२०८१ चैत १९ गते मंगलबार ।

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १५ गते निक्षेप संकलन १४ अर्ब रुपैयाँ बढेर ६७ खर्ब ८९ अर्ब पुगेको छ । चैत १४ गतेसम्मको निक्षेप संकलन ६७ खर्ब ७५ अर्ब रुपैयाँ थियो । 

सो दिन कर्जा प्रवाह भने जम्मा एक अर्ब रुपैयाँ बढेको छ । चैत १४ गतेसम्म ५४ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकोमा चैत १५ गते एक अर्ब रुपैयाँ बढेर ५४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । 

आर्थिक गतिविधि सुस्त भएका कारण निक्षेप राखेर ब्याज खानेहरु बढ्दै गएका छन भने कर्जाको माग न्यून देखिन्छ । बैंकहरुका अनुसार केही महिनायता कर्जाको माग केही बढेको त छ तर निक्षेप राख्न आउनेको तुलनामा निकै कम छ । यस्तो अवस्था आउनुको मुख्य कारण आर्थिक गतिविधि सुस्त हुनु नै हो । 

अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.२९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थासँग थप ६ खर्ब ४५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies