Home बैंक वित्त डिजिटल वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने तीन तहको सुरक्षा
बैंक वित्तवित्तीय साक्षरता

डिजिटल वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने तीन तहको सुरक्षा

Share
Share

बैंकको खबर । आधुनिक प्रविधिले हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ । त्यसैले, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आवश्यक छ । यसको लागि नेपाल राष्ट्र बैंकले तीन तहको सुरक्षा अपनाउनुपर्ने सुझाव दिएको छ । 

पहिलो,
तपाईंलाई मात्र थाहा हुने

यो यस्तो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रुपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ । 

दोस्रो
तपाईंसँग मात्र हुने

यो तहमा त्यस्ता वस्तु पर्दछन, जसको पहुँच केवल तपाईंसँग छ । जस्तै ः तपाईंको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् । 

तेस्रो
तपाईंको आफ्नै

यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरु जस्तै औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् । 

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा माथि उल्लिखित प्रमाणीकरणका विधीहरु प्रयोग गर्न र यस्ता विवरण आफूसँग गोप्य राख्न पनि सुझाव दिएको छ ।

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies