Home पुँजी बजार सेयरबजारमा १६.९५ अंकको गिरावट
पुँजी बजारबैंक वित्त

सेयरबजारमा १६.९५ अंकको गिरावट

Share
Share

२०८१ चैत १९ गते मंगलबार । 

बैंकको खबर । सेयरबजार आज घटेको छ । कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा झरेको छ । ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४३ कम्पनीमध्ये २०१ वटाको सेयरमूल्य घट्दा बजार रातो बनेको हो । आज ४२ कम्पनीका सेयरधनीले भने कमाएका छन् । 

सूचीकृत १३ समूहमध्ये व्यापार समूह ३.८० प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह १.८४ प्रतिशत घटेको छ  । त्यसपछि होटल तथा पर्यटन समूह १.७४ प्रतिशत, अन्य समूह १.३९ प्रतिशत र लघुवित्त समूह १.१० प्रतिशत घटेको छ । बैंकिङ ०.७४ प्रतिशत, विकास बैंक ०.९५, जलविद्यत ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन तथा प्रशोधन ०.५२, निर्जीवन बीमा ०.३८ र म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफको सञ्चाकल समितिले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको सेयर किन्नेहरु बढ्दा मूल्यमा उच्च वृद्धि भएको देखिन्छ । 

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने सबैभन्दा धेरै ५.५६ प्रतिशत घटेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ६४ करोड २५ लाख ६६ हजार रुपैयाँ बाराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति आजमात्रै २८ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि १२ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies