Home कर्पोरेट मुभमेन्ट नेप्सेको सीईओमा चापागाईं नियुक्त
कर्पोरेट मुभमेन्टबैंक वित्त

नेप्सेको सीईओमा चापागाईं नियुक्त

Share
Share

२०८१ चैत १९ गते मंगलबार । 

बैंकको खबर । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओ नियुक्त गरेको हो । 

चापागाईंले सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको अनुभव पनि छ ।

मन्त्रिपरिषद्ले यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको कुरा बाहिरिएको थियो । तर सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । अहिले फेरि मन्त्रिपरिषद्ले पुरानो निर्णय उल्ट्याउँदै चापागाईंलाई सीईओ नियुक्त गरेको हो । 

चापागाईंले अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेबाट नियुक्ति पत्र समेत लिइसकेका छन् । 

गत माघ २५ गतेदेखि नेप्सेको सीईओ पद रिक्त छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

एआई सामग्रीबारे चेतना जगाउन टिकटकले ल्यायो नयाँ अभियान, ३ अर्ब बढी भिडियोमा एआई लेबल

काठमाडौं । छोटो भिडियो साझेदारी मञ्च टिकटकले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत तयार...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies