Home बीमा बीमा कम्पनीहरुमा झन्डै १० अर्बको बीमा पोलिसी सरेन्डर
बीमाबैंक वित्त

बीमा कम्पनीहरुमा झन्डै १० अर्बको बीमा पोलिसी सरेन्डर

Share
Share

२०८१ चैत १७ गते आइतबार । 

बीमा खबर । बीमा कम्पनीहरुमा बीमा सरेन्डर गर्ने बिमितहरुको संख्या बढ्दै गएको छ । यस आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन)सम्म जीवन बीमा कम्पनीहरुबाट नौ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको ७१ हजार पाँच सय ५४ वटा बीमा पोलिसी सरेन्डर भएको छ । 

गत आर्थिक वर्षमा १४ अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख १३ हजार नौ सय ७६ वटा बीमा पोलिसी सरेन्डर भएको थियो । यो तथ्यांक हेर्दा बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या यस आर्थिक वर्षमा पनि उच्च हुने देखिन्छ । 

आर्थिक संकट उत्पन्न भएपछि बिमितले आफूले खरिद गरेको बीमा पोलिसी त्याग्नुपर्ने अवस्था आएको बीमा कम्पनीहरु बताउँछन् । पैसा अभावले किस्ता तिर्न नसक्दा धेरैले बीमा पोलिसी त्याग्ने गरेको बिमकहरु बताउँछन् । 

जानकारहरुले भने बीमा पोलिसीको किस्ता तिर्नसक्ने हैसियत नहुनेहरुलाई बीमा गराउने प्रवृति बढ्दै गएकाले पनि यस्तो अवस्था आएको बताउँछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies