Home पुँजी बजार सेयरबजार यस साता के होला ?
पुँजी बजारबैंक वित्त

सेयरबजार यस साता के होला ?

Share
Share

२०८१ चैत १७ गते आइतबार ।

सेयर खबर । गतसाता सेयरबजार समान्य घटेर बन्द भयो । कारोबार मापक नेप्से परिसूचक ६.०१ अंक घटेर २६६३.३० विन्दुमा झरेको छ । 

पाँच कारोबार दिनमा तीन दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो । आइतबार ५४.६२ अंकले घटेको नेप्से सोमबार २६.१० अंकले बढेको थियो । मंगलबार पनि ५८.०५ अंंकको गिरावट भयो । त्यसपछि बुधबार २९.१३ अंक र बिहीबार ४१.४३ अंकले बढेको थियो ।

गतसाता कारोबार रकमको भोल्यूम कमजोर देखियो । सातामा जम्मा २५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भयो । दैनिक औसत ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो ।

बजार गतसाता अन्तिम दुई कारोबार दिन बढेर बन्द भएकाले यस साता बजारले सकारात्मक प्रवृति देखाउने अपेक्षा लगानीकर्ताको छ ।

बजारका विश्लेषकहरुले यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सक्ने र लगानीकर्ताले सेयरमा लगानी बढाउन अब आउने गभर्नरलाई पर्खिन सक्ने भएकाले यस साता बजार समान्य रहने विश्लेषण गरेका छन् ।  
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies