Home बैंक वित्त नागरिक लगानी कोषको सेयरमूल्य समायोजन
बैंक वित्त

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

Share
Share

२०८१ पुस २२ गते सोमबार । 

बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ। कोसले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । अब समायोजन भएको नयाँ मूल्यमा सेयर कारोबार हुनेछ । 

नेप्सेले कोषको ७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि कोषको सेयरमूल्य १ हजार नौ सय ७१ रुपैयाँ ९६ पैसा कायम भएको छ। 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कोषको सेयरमूल्य समायोजन गरेको हो। आइतबार, दोस्रो बजारमा कोषको सेयर प्रतिकित्ता २ हजार एक सय १० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा सेयर कारोबार खुल्नेछ । 

कोषले पुस २९ गते, सोमबार आफ्नै केन्द्रिय कार्यालयमा वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies