Home बैंक वित्त ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिले गरे रक्तदान
बैंक वित्त

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिले गरे रक्तदान

Share
Share

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । 
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies