Home पुँजी बजार सेयरबजार फेरि घट्यो, विकास बैंक र फाइनान्स समूहमा गिरावट
पुँजी बजार

सेयरबजार फेरि घट्यो, विकास बैंक र फाइनान्स समूहमा गिरावट

Share
Share

२०८१ पुस १४ गते आइतबार । 

सेयर खबर । विकास बैंक र फाइनान्स समूहमा बढी गिरावट आउँदा सेयरबजार दबाबमा देखिएको छ । कारोबारमापक नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५ड विन्दुमा झरेको छ । 

आज फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो भने विकास बैंक समूह २.६५ प्रतिशतले घटेको छ ।

पाँच अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १७२ वटाको सेयरमूल्य घटेको छ । तर ६९ वटाको बढेको छ भने दुई वटाको स्थिर रहेको छ ।

लघुवित्त १.१२, म्युचुअफ फन्ड ०.१८ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको घटेका छन् । 
बैंकिङ ०.७, होटल तथा पर्यटन ०.६१, जलविद्यूत् १.७३, लगानी ०.६६, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.८१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घटेको छ ।

आज पाँच वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन तथा बिक्री...

नेप्से १२.२६ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको...

नेप्सेमा गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । शुक्रबार नेप्से ४ अंकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies