Home बीमा जीवन बीमा कम्पनीहरुले पाँच महिनामा संकलन गरे ६६ अर्ब बढी बीमाशुल्क
बीमाबैंक वित्त

जीवन बीमा कम्पनीहरुले पाँच महिनामा संकलन गरे ६६ अर्ब बढी बीमाशुल्क

Share
Share

२०८१ पुस ११ गते बिहीबार । 

बीमा खबर । जीवन बीमा कम्पनीहरूले पाँच महिनामा ६६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर) सम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपैयाँले भएको छ । कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

मंसिरसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क १२ अर्ब ४७ करोड एक लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क एक अर्ब १८ करोड ९७ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क ५२ अर्ब आठ करोड १९ लाख रुपैयाँ सङ्कलन गरेका छन् । यस्तै तीनवटा लघु बीमक कम्पनीहरूले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क २१ करोड १७ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क १९ करोड चार लाख रुपैयाँ र नवीकरण बीमाशुल्क १२ लाख रुपैयाँ सङ्कलन गरेका छन् । लघु जीवन बिमक कम्पनीहरूले पाँच महिनामा ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा धेरै बीमाशुल्क सङ्कलन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । मंसिर मसान्तसम्म नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा नेसनल लाइफले सात अर्ब ९८ करोड ६८ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०ले सात अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि हिमालयन लाइफले छ अर्ब ७९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन अर्ब ९९ करोड, एसियन लाइफले तीन अर्ब ३६ करोड, सिटिजन लाइफले दुई अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले दुई अर्ब ५९ करोड, मेट लाइफले दुई अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले दुई अर्ब २५ करोड, प्रभु महालक्ष्मीले एक अर्ब ९४ करोड, रिलायन्स नेपाल लाइफले एक अर्ब ९२ करोड, आईएमई लाइफ इन्स्योरेन्सले एक अर्ब ८९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँबराबर बीमाशुल्क सङ्कलन गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले एक खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँ बीमाङ्कबराबरको तीन लाख ७७ हजार नौ सय २८ वटा बीमालेख बिक्री गरेका छन् । मंसिरमा जीवन बीमा कम्पनीहरूले नौ अर्ब ३९ करोड ४३ लाख रुपैयाँबराबरको नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

मंसिरसम्म १४ वटा जीवन बीमा कम्पनीहरूसँग सक्रिय रहेको बीमालेखको संख्या एक करोड ३३ लाख ४२ हजार दुई सय ४६ रहेको छ । यस्तै तीनवटा लघु बीमा कम्पनीहरूसँग मंसिरसम्म सक्रिय रहेको बीमालेखको संख्या चार लाख ९६ हजार छ सय ३१ रहेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies