Home पुँजी बजार पाँच दिन लगातार घटेको नेप्से आज बढ्यो
पुँजी बजारबैंक वित्त

पाँच दिन लगातार घटेको नेप्से आज बढ्यो

Share
Share

२०८१ मंसिर २६ गते, बुधबार । 

बैंकको खबर । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको सेयरबजार परिसूचक नेप्से आज बढेको छ । कारोबार अवधिको अधिकांश समय साइडवेज प्रवृति देखाएको बजार अन्तिम आवरमा बढेको हो । समग्रमा नेप्से परिसूचक ४५.८८ अंकले बढेर दुई हजार सात सय १५.७१ विन्दुमा रोकिएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये २१२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर यसदिन २८ कम्पनीका सेयरधनीले कमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

 

पाँच अर्ब छ करोड ५४ लाख रुपैयाँ बराबरको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता सेयर किनबेच भएको छ । 

म्युचुअल फण्ड बाहेक सबै समूह बढेका छन् । आज बैंकिङ समूहमा धेरै आकर्षण देखियो । बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी ०.७९ प्रतिशतले बढेको छ । यस्तै जीवन बिमा समूह १.०७, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा १.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावर सर्वाधिक ९.९९ घटेको छ । सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको ३६ करोड १५ लाख रुपैयाँको भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies