Home अन्तर्राष्ट्रिय विश्वका अर्बपतिहरूको सम्पत्ति १० वर्षमा १२१ प्रतिशत बढ्यो
अन्तर्राष्ट्रियबैंक वित्त

विश्वका अर्बपतिहरूको सम्पत्ति १० वर्षमा १२१ प्रतिशत बढ्यो

Share
Share

२०८१ मंसिर २४ गते सोमबार ।

अन्तर्राष्ट्रिय । विश्वका अर्बपतिहरुको सम्पत्ति १० वर्षमा एक सय २१ प्रतिशत बढेको बिलियनियर एम्बिसन्स रिपोर्ट २०२४ले देखाएको छ । अर्बपतिहरूले विगत १० वर्षमा विश्वव्यापी इक्विटी बजारलाई पछाडि पारेका छन् ।

अर्बपतिहरूको कुल सम्पत्ति १० वर्षमा ६.३ ट्रिलियनबाट १२१ प्रतिशत बढेर १४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । 

विगत १० वर्षमा अर्बपतिहरुको संख्या १,७५७बाट बढेर २,६८२ पुगेको छ । अमेरिकी अर्बपतिहरुले सन् २०२४मा सबैभन्दा धेरै नाफा कमाएका छन् । जसले विश्वभरका अर्बपतिहरुको लागि अमेरिका मुख्य केन्द्रको रुपमा बलियो देश बनेको छ । 

प्राविधिक अर्बपतिहरुको सम्पत्ति सबैभन्दा छिटो बढेको छ । त्यसपछि मात्रै उद्योगमा लगानी रहेका अर्बपतिहरुको सम्पत्ति बढेको छ । पछिल्लो १० वर्षमा प्राविधिक क्षेत्रका अर्बपतिहरुको सम्पत्ति ७८८.९ बिलियनबाट तीन गुणा बढेर २.४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । 

रिपोर्ट अनुसार सन् २०१५ देखि २०२० को बीचमा चिनियाँ अर्बपतिहरूको सम्पत्ति वार्षिक २० प्रतिशतले बढेको छ । तर त्यसपछि उनीहरुको सम्पत्ति हरेक वर्ष करिब ५ प्रतिशतले घट्दै गएको छ ।

सन् २०२०–२४ को बीचमा उत्तर अमेरिकाका अर्बपतिहरूको सम्पत्ति ५८.५ प्रतिशतले बढेको छ भने पश्चिमी युरोपका अर्बपतिहरूको सम्पत्ति २९ प्रतिशतले बढेको छ । 
 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies