Home पुँजी बजार घट्यो सेयरबजार
पुँजी बजारबैंक वित्त

घट्यो सेयरबजार

Share
Share

२०८१ मंसिर २४ गते सोमबार ।

सेयर खबर । सेयरबजार घट्ने क्रमले आजपनि निरन्तरता पाएको छ । कारोबारमापक नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा झरेको छ । कारोबार रकम पनि यस अघिका दिनमा भन्दा कम छ । 

पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ रुपैयाँको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १३८ वटाको सेयरमूल्य घटेको छ । ९२ वटाको सेयरमूल्य बढेको छ भने १३ वटाको स्थिर रहेको छ ।

आजको कारोबारमा फाइनान्स समूह ०.१५ प्रतिशत, लगानी ०.७६, उत्पादन तथा प्रशोधन १.०६, म्युचुअल फन्ड ०.१४ र अन्य ०.११ प्रतिशतले बढेको छ । अरु सबै समूह घटेका छन् । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, जलविद्युत् ०.५४ र जीवन बिमा ०.६७ प्रतिशतले घटेको छ । यसैगरी, लघुवित्त समूह ०.६१, निर्जीवन बिमा समूह १.१६ र व्यापार समूह १.३० प्रतिशतले घटेको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies