Home पुँजी बजार सेयरबजारमा गिरावट, नेप्से २७ सय विन्दुभन्दा तल ओर्लियो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा गिरावट, नेप्से २७ सय विन्दुभन्दा तल ओर्लियो

Share
Share

२०८१ मंसिर २३ गते आइतबार । 

सेयर खबर । सेयरबजारमा आज कारोबार मापक नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको छ । सात अर्ब ४६ करोड रुपैयाँ बराबरको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २१४ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । तर यसदिन २७ कम्पनीको सेयरमूल्य बढेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । 

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह तीन दशमलव शून्य सात प्रतिशत घटेको छ । त्यसपछि व्यापार समूह दुई दशमलव १३ प्रतिशत, जलविद्युत १.९८ प्रतिशत, बैंकिङ १.८६ प्रतिशत, फाइनानस र होटल तथा पर्यटन १.८४ प्रतिशत, लघुवित्त १.५० प्रतिशत लगानी १.३३ प्रतिशत र विकास बैंक १.०४ प्रतिशतले घटेको छ । यस्तै, निर्जीवन बीमा ०.८३, म्युचुअल फण्ड ०.५९, उत्पादन तथा प्रशोधन ०.३४ र अन्य समूह ०.८१ प्रतिशत घटेको छ । 

बजार घटेपनि खानिखोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशत बढेको छ । मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै सामुदायिक लघुवित्त वित्तीय संूस्थाको सेयरमूल्य पनि ९.९७ प्रतिशतले घटेको छ । 

सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको भएको छ । 

आज लगानीकर्ताको सम्पत्ति ७६ अर्ब रुपैयाँ गुमेको छ । बजार पुँजीकरण ४४ खर्ब ६० अर्ब रुपैयाँमा झरेको छ । साधारण सेयर तर्फको पुँजीकरण २५ अर्ब रुपैयाँ घटेर १४ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies