Home पुँजी बजार सेयरबजार १५.९३ अंकले घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार १५.९३ अंकले घट्यो

Share
Share

२०८१ मंसिर २० गते बिहीबार । 

सेयर खबर । सेयरबजारमा बिहीबार कारोबार मापक नेप्से परिसुूचक १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा झरेको छ । कारोबार भएका २४४ कम्पनीमध्ये २०१ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ४० कम्पनीका सेयरधनीले कमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

यसदिन आठ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँको एक करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच भएको छ । 

जीवन बीमा र ब्यापार बाहेक सबै समूह घटेका छन् । जीवन बीमा समूह ०.८० प्रतिशत र व्यापार ३.६७ प्रतिशत बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.६३ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स समूह २.८० प्रतिशत, उत्पादन तथा प्रशोधन १.२८, लघुवित्त १.१४, विकास बैंक १.०८, बैंकिङ ०.९७, लगानी ०.९०, जलविद्युत ०.८८, अन्य ०.४८, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा ०.०७ प्रतिशत घटेको छ । 

बजार घट्दा पनि खानिखोला हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत र सुपर मादि हाइड्रोपावरको ९.९५ प्रतिशत बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक ८.३७ प्रतिशत घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार नेपाल फाइनान्सको ४२ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको भएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies