Home पुँजी बजार मुक्तिनाथ म्युचुअल फन्ड योजनाको बिक्री खुला
पुँजी बजारबैंक वित्त

मुक्तिनाथ म्युचुअल फन्ड योजनाको बिक्री खुला

Share
Share

२०८१ मंसिर २० गते बिहीबार ।

बैंकको खबर । मुक्तिनाथ क्यापिटलले आजदेखि ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाइ बिक्री खुला गरेको छ। बन्दमुखि योजना प्रति इकाइ १० रुपैयाँका दरले बिक्री निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।

कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाइ मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाइ सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।

म्युचुअल फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन् । 

म्युचुअल फण्डमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर आवेदन भर्न सकिनेछ ।  आजदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म अवधि लम्बिने क्यापिटलले जनाएको छ ।

१० वर्ष अवधिको यो म्युचुअल फण्ड विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो फण्ड हो ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies