Home अर्थतन्त्र नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
अर्थतन्त्रबैंक वित्त

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

Share
Share

२०८१ मंसिर १९ गते बुधबार । 

बेइजिङ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन सम्झौता भएको हो ।

बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका छन् । 

नेपालले चीनलाई १२ वटा परियोजना बिआरआई फ्रेमवर्कमा समेटन प्रस्ताव गरेकोमा १० वटामा सहमति भएको हो । 

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजना

१, टोखा–छहरे सुरुङमार्ग

२, हिल्सा–सिमकोट सडक परियोजना

३, किमाथांका–खाँदबारी सडक र पुल

४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५, डडेलधुरास्थित अमरगढी सिटी हल

६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७, मदन भण्डारी विश्वविद्यालय

८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,

९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies