Home पुँजी बजार सेयरबजारमा नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

Share
Share

२०८१ मंसिर १९ गते बुधबार । 

सेयर खबर । सेयर बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक २४.९७ अंक घटेर दुई हजार सात सय ५०.८७ को बिन्दुमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ । मंगलबार साढे आठ अर्ब हाराहारी कारोबार भएकोमा बुधबार नौ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १३२ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । तर यसदिन १०४ कम्पनीको सेयरमूल्य बढेको छ भने आठ कम्पनीको स्थिर रहेको छ । 

जलविद्युत् समूह ०.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१४ प्रतिशत र लघुवित्त ०.१२ प्रतिशतले बढेको छ। बाँकी सबै समूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह ८.७२ प्रतिशत घटेको छ । यसअघि पाँच कारोबार दिनसम्म लगातार बढेको व्यापार समूहमा बुधबार करेक्सन आएको हो । यसअघि सात कारोबार दिन लगातार बढेको विसाल बजार कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा व्यापार समूह दबाबमा परेको हो ।

बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक १.९४, वित्त १.२४, होटल तथा पर्यटन ०.४० र लगानी समूह ०.०२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा १.५०, म्युचुअल फण्ड ०.३४, निर्जीवन बिमा ०.३३ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको सेयरमूल्य पनि ९.१७ प्रतिशत गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख ६९ हजार दुई सय २५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies