Home अन्तर्राष्ट्रिय ब्रिक्स देशहरूसँगको ब्यापारमा १०० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रियबैंक वित्त

ब्रिक्स देशहरूसँगको ब्यापारमा १०० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

Share
Share

२०८१ मंसिर १६ गते आइतबार । 

अन्तर्राष्ट्रिय । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरुमा कर लगाउने चेतावनी दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पोस्ट गर्दै अमेरिकी डलरबाहेक कुनैपनि मुद्रामा ब्यापार गर्ने ब्रिक्स राष्ट्रहरूमा कर लगाउने धम्की दिएका हुन् । ट्रम्पले यस्तो कर १०० प्रतिशत लगाउने कुरा गरेका छन् । 

ट्रम्पले भने कि हामीलाई ब्रिक्स देशहरूबाट ग्यारेन्टी चाहिन्छ कि उनीहरूले व्यापारका लागि अमेरिकी डलरको सट्टा कुनै नयाँ मुद्रामा ब्यापार गर्दैनन् । यदि ब्रिक्स देशहरूले यसो गरेमा, तिनीहरूले अमेरिकामा आफ्नो निर्यातमा १०० प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पले त्यस्ता देशहरुले अमेरिकी बजारमा सामान बेच्न बिर्सनु पर्ने चेतावनी पनि दिएका छन् । 

 

ट्रम्पले भने ‘व्यापारका लागि डलरको सट्टा अन्य मुद्राहरू प्रयोग गर्ने ठाउँ छैन। यदि कुनै देशले यस्तो गर्छ भने उसले अमेरिकालाई बिर्सनुपर्छ।’

ब्रिक्समा भारत, रुस र चीन लगायत ९ वटा देश सामेल छन् । यो उदीयमान अर्थतन्त्र भएका देशहरूको समूह हो ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies