Home अन्तर्राष्ट्रिय चीनमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार भेटियो
अन्तर्राष्ट्रियबैंक वित्त

चीनमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार भेटियो

Share
Share

२०८१ मंसिर १६ गते आइतबार । 

अन्तर्राष्ट्रिय । चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार फेला परेको छ । चिनियाँ समाचार माध्यमहरुका अनुसार हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन फेला परेको हो। जसको मूल्य ८३ अर्ब डलर (७ लाख करोड रुपैयाँ) भन्दा बढी अनुमान गरिएको छ।

सुन समन्धी विज्ञ चेन रुलिनले धेरै ड्रिल गरिएको चट्टानको कोरमा सुन स्पष्ट रूपमा देखिएको बताएका छन्। कोर नमूनाहरूले देखाउँदछ कि १ मेट्रिक टन अयस्कमा १३८ ग्राम (लगभग ५ औंस) सुन हुन सक्छ।

यसलाई विश्वमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुनको भण्डार मानिएको छ । यो दक्षिण अफ्रिकाको साउथ डीप खानीमा रहेको ९०० मेट्रिक टनभन्दा बढी हो।

रिपोर्टका अनुसार पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका खानी फेला परेका छन्। यसअघि यहाँ ३ सय मेट्रिक टन सुन रहेको भौगर्भिकहरूले अनुमान गरेका थिए । तर, पछि थ्रीडी मोडलिङ प्रयोग गर्दा सुनको दरारको गहिराई ३ हजार मिटरसम्म रहेको पत्ता लागेको थियो । यसमा अनुमानभन्दा ७ सय मेट्रिक टन बढी सुन रहेको छ ।

चिनियाँ अधिकारीहरूले त्यहाँ थप अनुसन्धान गरिरहेका छन्। यसको खोजी गर्ने हुनान गोल्ड कर्पोरेशनका अनुसार धेरै गहिराइका कारण खानीमा कति सुन छ भन्ने थाहा हुन सकेको छैन । जसका कारण मूल्य कति हुन्छ अहिले नै भन्न सकिने अवस्था भने छैन । 

विश्वको सुन उत्पादनको १० प्रतिशत चीनमा हुन्छ

चीन संसारको सबैभन्दा ठूलो सुन उत्पादक हो। सन् २०२३ मा विश्वव्यापी उत्पादनमा चीनको हिस्सा लगभग १० प्रतिशत थियो। विश्व गोल्ड काउन्सिलको प्रतिवेदनअनुसार चीनसँग २ हजार २६४ टन सुन भण्डार छ ।

यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर हुन्छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सन् १९९१ मा जब भारतको अर्थतन्त्र डुबिरहेको थियो र सामान आयात गर्न डलर अभाव भएको थियो । त्यसबोला भारतले सुन धितो राखेर डलर लियो र आर्थिक संकटबाट बाहिर निष्किएको थियो ।

त्यसैले सुन धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनु हो । यसले पनि देखाउँछ कि देशले आफ्नो पैसा राम्रोसँग व्यवस्थापन गर्छ। यस्तो अवस्थामा अन्य देश र विश्व वित्तीय संस्थाहरूले त्यो देशलाई बढी विश्वास गर्छन्। सुनको भण्डारले कुनै पनि देशको मुद्रा मूल्यलाई समर्थन गर्न ठोस सम्पत्ति प्रदान गरेको हुन्छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies