Home बैंक वित्त फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बैंक वित्त

फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Share
Share

२०८१ मंसिर १३ गते बिहीबार । 

बैंकको खबर । आज दुई वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्दैछन् । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागि हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते, शुक्रबार, सुनसरीको दुहवी स्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा १२औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। 

यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, शनिबार, सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies