Home बैंक वित्त कृषि विकास बैंकको मेलम्ची शाखाद्वारा सहयोग हस्तान्तरण
बैंक वित्त

कृषि विकास बैंकको मेलम्ची शाखाद्वारा सहयोग हस्तान्तरण

Share
Share

बैंकको खबर । कृषि विकास बैंकले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरुमार्फत कृषि तथा व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गर्दै आएको छ । २०४२ सालमा स्थापना भएको बैंकको मेलम्ची शाखाले अहिलेसम्म आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ । 

स्थानीय स्तरमा हुने सवै जसो कार्यक्रममा सक्रिय सहभागीता जनाउदै आएको बैंकले २०८१ मंसिर १० गते सम्पन्न एक कार्यक्रममा इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण गरेको छ । मेलम्चि वजार क्षेत्रमाहुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सि.सि.टि.भि. प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास बैंकले लिएको छ । 

मेलम्ची शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । छ । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापा, मेलम्ची शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिती थियो भने इलाकाप्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती थियो । 

कार्यक्रममा सि.सि.टि.भि. हस्तान्तरण गर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिव १ अर्ब वरावरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे । कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेतबारी धितोको आधारमा कर्जा दिने अन्यकुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई अनुरोध गरे ।

कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार चौलागाईले उक्त सि.सि.टि.भि ग्रहण गर्दै बैंकलाई धन्यवाद दिनए । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies