Home अर्थतन्त्र ‘कन्ट्री रेटिङको नतिजा नेपालका लागि अनुकुल, विदेशी लगानी ल्याउन सहज’ – अर्थमन्त्री पौडेल
अर्थतन्त्रबैंक वित्त

‘कन्ट्री रेटिङको नतिजा नेपालका लागि अनुकुल, विदेशी लगानी ल्याउन सहज’ – अर्थमन्त्री पौडेल

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार । 

अर्थतन्त्र । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका लागि सुरक्षित मुलुक रहेको प्रमाणित भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको नतिजाले नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित भएको दाबी गरेका हुन् । 

सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुशीको कुरा भएको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरे । अर्थमन्त्री  पौडेलले नेपालको सावैभौम क्रेडिट रेटिङ 'बीबी माइनस’ ग्रेड प्राप्त र यसले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था र लगानीको वातावरण राम्रो रहेको संकेत गरेको बताए । 

क्रेडिट रेटिङको काम अहिले सुरु गरिएको र यो नै अन्तिम नभएको उनले बताए । क्रेडिट रेटिङलाई निरन्तरता दिने र देशको अर्थतन्त्रको स्वास्थ्य के छ भन्ने कुरालाई आवधिक रुपमा सार्वजनिक गर्दै जाने बताए ।

उनले भने, 'यसपटकको क्रेडिट रेटिङको नतिजाले नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो र यहाँ गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिएको छ ।’

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies