Home अर्थतन्त्र नेपालको क्रेडिट रेटिङ डबल बी माइनस, लगानीका लागि जोखिमयुक्त
अर्थतन्त्रबैंक वित्त

नेपालको क्रेडिट रेटिङ डबल बी माइनस, लगानीका लागि जोखिमयुक्त

Share
Share

२०८१ मंसिर ६ गते बिहबार । 

अर्थतन्त्र । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको क्रेडिट रेटिङ प्रतिवेदन सार्वजनिक गरेको छ ।  फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई  ‘डबलबी माइनस’ मा राखेको छ । जसले आर्थिक अवस्था सकारात्मक रहेको तर लगानीका लागि अझै वातावरण बन्न बाँकी रहेको (जोखिमयुक्त) संकेत गर्छ ।  

प्रतिवेदनमा राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने उल्लेख गरिएको छ । रेटिङले नेपालको न्यून र उच्च सहुलियतपूर्ण बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत क्षेत्रमा देखिएको वृद्धि सम्भावनाहरूलाई इंगित गरेको छ ।

क्रेडिट रेटिङ एजेन्सीले मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र रेटिङ प्रदान गर्छ । जसबाट विदेशी लगानीकर्ताहरुले त्यो देशमा लगानी गर्न कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न पनि यस्तो रेटिङ हेर्ने गर्छन ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य हुन्छ । क्रेडिट रेटिङले विदेशी लगानी आकर्षित गर्न पनि सहयोग पु-याउँछ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

रास्वपाको प्रथम महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुँदै, कुन प्रदेशबाट कति ?

चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies