Home अर्थतन्त्र करिब १७ प्रतिशत बढ्यो सरकारको राजस्व संकलन
अर्थतन्त्रबैंक वित्त

करिब १७ प्रतिशत बढ्यो सरकारको राजस्व संकलन

Share
Share

२०८१ मंसिर ६ गते बिहीबार । 

अर्थतन्त्र । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशत बढेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६÷७७ मा ११ खर्ब १२ अर्ब तीन करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा ९२.५० प्रतिशत, आर्थिक वर्ष २०७८÷७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ९०.२४ प्रतिशत, आर्थिक वर्ष २०७९÷८० मा १४ खर्ब तीन अर्ब १५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र गत आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो । 
चालु आवको वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशत बढी हो । 

चालु आर्थिक वर्षको प्रथम चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा चार खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व संकलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि हो ।  

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व स्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए । उनले कर संकलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिए । 

अर्थ सचिव डा रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी मन्त्रालय अघि बढ्ने बताउँदै राजस्व संकलन रणनीति कार्यान्वयनमा जोड दिए । उनले राजस्वको लक्ष्य प्राप्त गर्न सरोकार भएका सबैले थप मेहनतका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए पनि चालु आवको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको जनाउँदै त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए । 

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व संकलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीलाई ख्याल गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताए । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिनमा पुग्यो केन्द्रीय बिजुली, स्थानीय र व्यवसायी उत्साहित

काठमाडौं । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत...

मानसरोवर जाने तीर्थयात्रीको रोजाइमा रसुवागढी, साढे ५ महिनामा १७ हजारभन्दा बढी चीन प्रस्थान

रसुवा । मानसरोवर-कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन...

८ अर्ब बचत र आन्तरिक राजस्वलाई आधार बनाउँदै सुदूरपश्चिमले ल्याउँदैछ नयाँ बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि सोमबार प्रदेश...

सुनको मूल्य तोलामा ५ हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ५ हजारले बढेको छ...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies