Home बैंक वित्त ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजनाको शुुभारम्भ
बैंक वित्त

ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजनाको शुुभारम्भ

Share
Share

मंसिर २०८१, मंसिर ६ गते बिहीबार ।

बैंकको खबर । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग बाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथै कार्वन उत्सर्जन घटाउनु समेत हो ।

यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंक मार्पmत आंशिक अनुुदान उपलब्ध गरिने बैंकले जनाएको छ  । अनुदान सञ्चालन निर्देशिका अनुसार  आशिंक अनुदान, ऊर्जा दक्षताका उपायहरुमा कुल आवश्यक लगानीको एक निश्चित प्रतिशन हुनेछ । अनुदानको निमित्त योग्य हुन उद्योग ब्यवसायहरुले मर्र्यािदत कामका सिद्धान्त तथा बातावरणिय मापदण्डहरु समेत अबलम्बन गरेको हुनुपर्नेछ ।

यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्दा देखिने वित्तिय समस्यालाई सम्बोधन गरि ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यसरी यस पहल मार्फत ऊर्जा दक्षताको महत्वपूूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै  पर्यावरणीय लाभ तथा विदेशी विनिमयको सञ्चितीमा समेत टेवा पुग्ने देखिन्छ ।

अनुुदान योजनाको शुरुआतले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुनेछ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रिय अर्थतन्त्रका सिद्धान्तलाई एकिकृत गर्न र उद्योग तथा व्यवसायहरूमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुुदान पहलको शुुभारम्भले नेपालको स्थायी ऊर्जा समाधान प्रतिको प्रतिवद्धतालाई रेखांकित गर्नेछ, जसले उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायुु–अनुुकूूल अभ्यासमा योगदान पु¥याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक मार्ग प्रदान गर्नेछ ।

जर्मन संघीय आर्थिक सहयोग तथा बिकास मंन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयद्वारा संचालित यस कार्यक्रममा जर्मन विकास सहयोग–जिआईजेडले प्राविधिक सहयोग पु¥याउदै आएको छ । नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवद्र्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं निजी क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको यस कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायहरुमा ऊर्जा प्रवद्र्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंक प्रतिष्ठित गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्डस २०२६...

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies