Home बैंक वित्त दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बैंक वित्त

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Share
Share

२०८१ मंसिर ६ गते बिहीबार 

बैंकको खबर । आज प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै बैंकले लाभांश तथा साधारणसभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन् । मंसिर ७ गते शुक्रबार र ८ गते सनिबार परेको र सो दिन नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार बन्द हुने भएकाले आज मंसिर ६ गतेसम्म सेयर किन्ने सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सो लाभांश पारित गर्न बैंकले मंसिर १९ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies